कोरोना संक्रमितलाई तिरस्कार होइन, साथ र विश्वास दिऔं

होमल्याण्ड खबर

२०७७ भाद्र १३ गते, शनिबार १५:२३ मा प्रकाशित

पुजा बगाले / 

विगत छ महीनादेखि कोभिड -१९ अर्थात् (कोराना भाईरस) महामारीको चपेटामा छ विश्व । हालसम्म विश्वभर संक्रमित हुनेको संख्या झन्डै साढे २ करोड पुगेको छ । अहिलेको समय कोरोना महामारीले कुनै पनि देश वा समुदाय अछुतो रहन सकेको छैन । नेपालमा पनि केही समयअघि घट्दो दरमा रहेको कोरोना संक्रमण पछिल्लो समय दिनानुदिन बढ्दो क्रममा छ । यो संक्रमण हरेक क्षेत्र, समुदाय र वर्गका मानिसमा देखिन थालिसकेको छ ।  ।

नेपालमा लकडाउन खुकुलो भए यता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढ्न थाल्यो । देशका अन्य भागसँगै काठमाडौँ उपत्यकमा सङ्क्रमणको दर उच्च हुुँदै गएको छ । यस अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ ।
पछिल्लो समय बढ्दो क्रममा रहेको सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै जिल्लाहरुमा पुनःनिषेधाज्ञा जारी गरेको छ । जारी निषेधाज्ञाले पनि  सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन ।

नेपालीले जे पनि पचाउँछ भन्ने, जडीबुटीले नै ठिक पार्ने ठान्ने र रुघाखोकी हो दुईचार दिनमा ठिक भइहाल्छ भन्ने जस्ता दुष्प्रचार समाजको तल्लो तहसम्म पुगेकोले कोरोना नियन्त्रणका प्रयासहरु थप चुनौतीपूर्ण बन्दै गएका छन् । जति जति कोरोनाका बिरामीहरू बढ्दै गइरहेका छन् त्यति नै मुलुकमा खतराको बादल मडारिएको छ । रोगको संक्रमण रोक्न परीक्षणको दायरा बढाउँदै भौगोलिक सीमा तोकेर बन्दाबन्दीलाई प्रभावकारी बनाउनुपर्ने कुरामा विचार गर्नु आवश्यक छ । बन्दाबन्दी र निषेधाज्ञा नै समस्याको समाधान हो भन्न सकिने अवस्था छैन ।

हाल कोरोना कहरले गर्दा सबै खालका राजनीतिक, सामाजिक, सांस्कृतिक र खास गरी धार्मिक विचार र वादहरुलाई राम्ररी नै असर पर्ने देखिन्छ । कोरोनाबाट आतङ्कित बनेको यो सम्पूर्ण विश्व कसरी उठ्ने हो, देशहरुका आपसी समझदारीहरु कसरी अगाडि बढ्ने हुन्, यसतर्फ विचार मात्र गर्दा पनि चिन्तित बनाउछ । तर यति हुँदाहुदै पनि हाम्रो जस्तो देशले यस्तो विषम परिस्थितिबाट आफुलाई जोगाउन विशेष ध्यान दिनु पर्दछ । यो सरकारले वा कुनै दल विशेषले मात्र गर्न सक्ने विषय नभएको हुँदा सबैको ध्यान यसतर्फ जानु आवश्यक छ । देशको अर्थतन्त्रलाई धराशायी बन्नबाट जोगाउन आआफ्नो स्थानबाट सबैले पहल गर्नैपर्छ ।

त्यस्तै वैदेशिक रोजगारीमा गएका र स्वदेश फिर्ता हुन चाहने सबैलाई भित्र्याउन आवश्यक छ । कोरोना संक्रमणको यो त्रासद अवस्थामा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गरेर मात्र उनीहरुलाई आ–आफ्नो गन्तव्यसम्म पुर्याउनु नै यतिबेला सरकारका सामु चुनौतीको पहाड बनेर उभिएको छ । विदेशबाट आएका र आउने अवस्थामा रहेका नागरिकहरु स्वदेशमै केही गर्नुपर्ने रहेछ भन्ने उत्प्रेरणाका साथ आउने हुँदा ती देशविकासको लागि चाहिने समर्पित मानवस्रोत हुने कुरामा दुविधा छैन । सरकारले उनीहरुलाई बाँझो जमिनमा कृषिकार्य गर्न र कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्न सक्ने हो भने यो कृषि क्षेत्रमा एक अवसर रुपमा स्थापित गर्न सकिन्छ ।

हाम्रो देशमा यस्ता परिस्थिति आउला भनेर कल्पनासम्म पनि गरिएको थिएन भन्दैमा आइसकेको समस्याबाट पार पाइदैन । हुन त मान्छे जुन ठाउँमा बसेको छ र त्यही तहको वस्तुगत परिस्थिति भोगिरहेको हुन्छ, र विचारहरु पनि त्यसरी नै संश्लेषित हुँदै जान्छन् । यो वा त्यो कुनै पनि बहानामा हामी समस्याबाट अलग रहन सक्दैनौँ । त्यसैले हामीले फरक र व्यापक दृष्टिकोण अँगालेर अघि बढ्नु समस्याको समाधान हुन सक्छ ।

सरकारले कोरोना संक्रमितहरुको राम्रो उपचार, कन्टयाक्ट ट्रेसिङमा ध्यान दिनुपर्छ । त्यसतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन । कोरोना भाइरस आफैले मान्छे मार्दैन । अन्य गम्भीर रोग लागेका मानिसहरुलाई मृत्युको मुखका पुर्याउनका लागि उत्प्रेरकको रुपमा काम गर्छ । तसर्थ त्यस्ता जोखिममा रहेका दिर्घरोगी, वृद्धवृद्धा र बालबालिकालाई जोगाउन थप शतर्कताको अहिले आवश्यक्तता छ । कोरोना संक्रमितलाई मनोबल बढाउन पनि जरुरी छ । तर, चिकित्सकलाईनै दुव्र्यवहार भएका छन् । जुन गलत छ । कोरोना संक्रमतिलाई तिरस्कार   होइन साथ र विश्वास दिएर थप बलियो बनाउनका लागि समुदायले भुमिका खेल्नुपर्छ । त्यसतर्फ समुदायको र सरकारको पनि ध्यान पुगोस्