धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

होमल्याण्ड खबर

२०८३ श्रावण १५ गते, शुक्रबार १०:२२ मा प्रकाशित

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

उनी रघुनाथपुरस्थित फुपूको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए ।

यस बारे प्रहरिले थप अनुसन्धान गरिरहेको छ ।