१५ श्रावण २०८३, शुक्रबार
पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता भएको स्थानमा ४ जनाको शव भेटिएको छ । पाकिस्तानमा रहेको विश्वकै १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०४७ मिटर) मा हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई)सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता छ।
अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राममार्फत दिएको जानकारी अनुसार घटनास्थलबाट उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको छ। यद्यपि, फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन् ।


अध्यक्ष खानका अनुसार बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि आवश्यक उपकरणसहित उद्धारकर्ताहरू बोकेका हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ।
निर्मल पुर्जा (निम्स दाई) (नेपाल – टोली नेता)
पुरबहादुर गुरुङ (युक्ता) (नेपाल)
किली पेम्बा शेर्पा (किलु) (नेपाल)
निमा शेर्पा (नेपाल)
नवाङ थिन्दु शेर्पा (नेपाल)
नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान)
सोहेल साखी (पाकिस्तान)
वाङ जोङ (चीन)
मेलोरी गिस (अमेरिका)