पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ आश्विन २९ गते, बिहीबार १६:२६ मा प्रकाशित

काठमाडौं । नेपालमा ३७४९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३७४९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ रहेको छ । संक्रमित मध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोनामुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या ६९४ सय पुगेको छ ।