२४ वर्षीया अंशिका बनिन् मिस युनिभर्स नेपाल-२०२०

होमल्याण्ड खबर

२०७७ पुष १६ गते, बिहीबार १३:५८ मा प्रकाशित

काठमाडाैंः मिस युनिभर्स नेपाल २०२० को उपाधि अंशिका शर्माले जितेकी छिन् ।

राजधानीमा बुधबार आयोजित फाइनलमा अस्ट्रेलिया निवासी २४ वर्षीया शर्माले सहभागी १७ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन् । उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् ।

जितसँगै अंशिकाले १० लाख रुपैयाँ नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउने छिन् ।

कोभिड–१९ पछि तपाईंले सिकेको एउटा पाठ के हो भनेर निर्णायकले सोधेकाे प्रश्नमा शर्माले भनेकी थिइन्, ‘म कोभिड–१९ ले सिर्जना गरेको संकट फेस गर्न जहिल्यै तयार छु । तर, यो संकटले अर्थतन्त्र महत्वपूर्ण हो भन्ने पाठ सिकाएको छ । यो कुरा ख्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।’

शर्माले मिस फियर्सको सब–टाइटल पनि जितेकी छिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि पाइन् भने नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन् । न्यान्सी खड्का फोर्थ रनरअप भइन् ।