९ मंसिर २०८१, आईतवार
मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ।
सम्झन्छु यो मनलाई फेरि जस्तो होला होला ।।
सम्झन्छु यो मन लाई हजुर जस्तो होला होला ।।।
छिन भरमा आहा हजुर छिन भर मै स्वाहा …
लादाे रैछ दैवले हजुर राम्रो राम्रो रोजी ।
हामी सबै जानु पर्छ जहिले हुन्छ खोजी ।।
दैव पनि धेरै बाठो लान्छ रोजी रोजी ।।।
रात साधै कालो हजुर दिन पनि भो कालो ।
आज भोलि गर्दा गर्दै सबको आउँछ पालो ।।
यति मात्र थाहा छैन कहिले आउँछ पालो ।।।
मेरो भाग्य लेखिदिने कहाँ राख्यौ कलम ।
सधै दैव घाउ वनेउ बनेनौ कहिले मलम ।।
सवै दोष तिमीलाई छ है यस्तै रह्यो चलन ।।।
केलाई गर्नु रिस हजुर केलाई गर्नु डाहा।
तेरो मेरो भन्दा भन्दै हुनु पर्ने स्वाहा ॥
तिमी हामी हुनै पर्ने एक दिन स्वाहा ।।।
छिन भरमा आहा हजुर छिन भर मै स्वाहा..
यो जिन्दगी कति बेला भइ दिन्छ स्वाहा..