९ मंसिर २०८१, आईतवार
म चितामा जल्दै थिए सपनीमा देखे।
बिउझिए झसँग भए अनि डायरी खोज्दै लेखे ।।
जल्दै थिए चितामा सपनीमा देखे ..।।।
हल्लाएका ती हातहरु देखेनन् कसैले मेरो।
दैवले भन्यो छोड्दे सबलाई म हु साथी तेरो ।।
हल्लाएका ती हातहरु देखेनन् कसैले मेरो…।।।
सजियको त्यो लासलाई राख्दै चितामाथि ।
ठूलो आवाजमा रोइरहेका थिए आफन्त साथी।।
सजिएको त्यो लासलाई राख्दै चितामाथि…।।।
सम्झाउँदै थियो कसैले ठूलो मन गरी।
कोही पनि रहदैन हेर संसारमा सधै भरी।।
सम्झाउदै थियो कसैले ठूलो मन गरी …।।।
कठै विचरा भन्ने आवाज सुनिरहे कता कता ।
जलिरहेका थिए चिता हेर्दा जता तता ।।
कठै विचारा भन्ने आवाज सुनिरहे कता कता..।।।
खरानीको धुलो हेर सक्कियो जिन्दगी आज।
हेर्दा हेर्दै सकियो जीवन त्यहीँ सबको माझ।।
यहीँ हो जीवन हेरिहाल के रैछ र आज..
हेर्दा हेर्दै सकियो जीवन त्यहीँ सबको माझ..