९ मंसिर २०८१, आईतवार
झरीरहे आँशुका धारा खुसीले बगेको भन्दै।
बुझाइरहे मनलाई सधै भाग्यले ठगेको भन्दै।।
झरीरहे आँशुका धारा खुसीले बगेको भन्दै।।।
पोख्न मन लाग्थ्यो यो मन भरिएर आउँदा ।
भाग्य मानी लाग्थ्यो एकछिन त्यस्तो साथी पाउँदा ।।
पोख्न मन लाग्थ्यो यो मन भरिएर आउँदा ।।।
उकुसमुकुस हुने मनमा कुरा अनेक थरी ।
बिर्सेका ति पिडा पनि आउने घरि घरि।।
उकुसमुकुस हुने मनमा कुरा अनेक थरी ।।।
आँखामा त हुदो रैछ आँशुको नै खानी।
गल्ती हो कि सहि हो यो मुस्कुराउने बानी।।
आँखामा त हुदो रैछ आँशुको नै खानी।।।
कान हुन्छ रे भित्ताको भन्दै सुनाउथे जहिले ।
सुनिरहने भित्ताको जवाफ नआउने भाे कहिले ।।
कयौं पिडा टारी दिन्थे मुस्कुराउदै जहिले ।।।
सुनिरहने भित्ताको जवाफ नआउने भाे कहिले ..