कुनै शुद्ध र पवित्र नाताले रगतको नातालाई पनि जित्न सक्छ

होमल्याण्ड खबर

२०७८ असार २१ गते, सोमबार २०:५३ मा प्रकाशित

जिवनमा जब हाम्रो शुद्ध आत्माहरुसँग मिलन हुन्छ नि जिवन त्यसै सार्थक बन्दै जान्छ। माया गर्ने मनहरूले जिवनलाई सजिलै सँग धकेली । माया गर्नलाई रगतको नाता मात्र होइन शुद्ध र पवित्र नाता चाहिन्छ। शुद्ध र पवित्र नाताले रगतको नाता सँग पनि प्रतिशप्रधामा जित्न सक्छ।

धेरै दिन बितिसक्दा पनि आमासँग कुरा गर्ने संयोग मिलिरहेको थिएन किनकी समयले हामी सँग परीक्षा लिइरहेको थियो र हामी त्यही समय सँग जुधिरहेका थियौँ।एका बिहानै फोनको घन्टी बज्यो मैले हतपत फोन उठाए नमस्ते आमा म बोल्न नपाउदै आमाको जवाफ आयो छोरी म बाँचे अब आमा छोरीको भेट हुन्छ। तिमीले पठाएको एस. एम .एस पनि पढे कति माया गरेकी मेरी छोरीले आमाको यस्तो कुराले महिनौ देखि पोलिरहेको मुटुको घाउ छिन भरमै निको भइहाल्यो । मन भरिएर आयो आँखा खुसीको वर्षा भयो ।खुसी सामना गर्दाको त्यो क्षण आमाले पून जन्म पाएको आभास भयो।भगवान साच्चिकै हुँदा रहेछन भगवानलाई गरेको बिन्ती सम्झिए।भगवान प्रतिको आशा झनै बढेर आयो। भगवानलाई फेरि संझिए।मेरो आँखा रसाउदा चोट लाग्ने आमा ,म दुखि हुँदा पिर पर्ने आमा, मैले लेखेका कुराहरु पढि मेरो मन बुझ्ने आमा, भेट हुँदा आमाको चिनो भन्दै झोलामा मायाको पोको पारी दिने आमा,के खान मन लागेको छ छोरी भनेर सोधी-सोधी खुवाउने आमा,टीका लगाइदिदै आर्शिवादले भरिदिने आमा महिनौ देखि अस्पतालमा छटपटाइरहदा पनि भेट्न देख्न र बोल्न नपाएकी म आज आमा सँग बोल्न र देख्न पाउदा सबै पिडा छिनमै र्बिसिदिए मनमा यति आनन्द महसुस भयो ।सबैको माया र आर्शिवादले बाँचे छोरी धन्न बाबू बेलैमा आएको थियो र घरमा सबै बिरामी थियौँ कति गारो हुन्थ्यो होला तिमीहरू राम्रोसँग बस्नु है छोरी सारै डरलाग्दो हुँदोरहेछ यो कोरोना त छोरी।

आमाको बोली सुनिरहन मन लाग्यो अनि आमाले भन्नुभयो धेरै बेर बोल्दा गारो हुन्छ छोरी फेरि कुरा गरौला है।मम्मीले किन फोन गर्नु भएन ल छोरी फोन राखौ है! हस आमा भन्दै आमा सँग विदा भए।पहिले मेरी मन मिल्ने साथीको अामा अहिले मेरी आमाको मन मिल्ने साथी दु:ख सुःख साटासाट गर्ने सारै नजिकको मित्र!! भन्नु हुन्छ तिमीहरू टाढा भयौ हामी पो साथी बन्यौ सारै खुसी लाग्छ उहाँहरूको यो मित्रता देख्दा जिन्दगी भनेको यस्तै रहेछ सुख दुख साट्दा साट्दै कुन बेला सकिन्छ थाहा छैन तर जसरी भए पनि हामी आफ्नो मनलाई भुलाउदै लानु पर्ने ।

भन्छौ नि जे लेखेर ल्याएको छ भोग्नु पर्छ। जिन्दगी सँग जुधिरहनु पर्छ। धेरै खुसी अनि संसारकै भाग्यमानी मानि लाग्छ यसरी सबैको माया पाइरहदा आमाको माया र आशिवादले जिन्दगी भर यसरी पाइरहु धेरै धेरै माया हजुरलाई मेरी आमा!!!