८ बैशाख २०८२, सोमबार
गुरु बिना आधा अधुरो हुन्छ जिवन हाम्रो ।
हजुरहरूकै आशिसले जिवन सधै राम्रो ।।
हजुरहरूकै आशिसले जिवन सधै राम्रो ।।।
सम्झाउदै बुझाउँदै ज्ञान दिनु हुनथ्यो।
आफ्नो पराइ नठानेर ध्यान दिनु हुनथ्यो।।
आफ्नो पराइ नठानेर ध्यान दिनु हुनथ्यो।।।
सिर माथि राखि दिनु सधै हजुरको हात।
यस्तै आशिस पाइरहु नछोडि कहिले साथ।।
यस्तै आशिस पाइरहु नछोडि कहिले साथ।।।
भगवानको रूप गुरु सधै आशिस पाउँ।
सधै भरि पाइरहुँ चरणमा ठाउँ ।।
सधै भरि पाइरहुँ चरणमा ठाउँ ।।।