९ मंसिर २०८१, आईतवार
सात समुद्र पार तर ।
मनमा सधै उनी ।।
कहाँ देखु कहाँ भेटु ।
सधै छटपट हुनी ।।
आँखाको भाकाले उनी ।
मनको कुरा बुझिन्छन्।।
सात समुद्र पार तर ।
झर्दा आँशु पुच्छिन् ।।
आँखा मेरो रसाउदा।
पिडा उनलाई हुनी।।
भगवानले दिएको ।
अमुल्य उपहार उनी।।
आज उनको जन्म दिन ।
उपहार दिन पाइन।।
सपनीमा साथमा हुन्छिन्
विपनीमा छैन ।।
मनको भारी उनै सँग।
बिसाउछु जहिले ।।
सात समुन्द्र पार छिन माया।
भेट हुने कहिले ।।
एउटै चाह उनको मेरो ।
सधै साथमा हुनी ।।
भगवनले दिएको।
अमुल्य उपहार उनी।।
अमुल्य उपहार उनी..