९ मंसिर २०८१, आईतवार
हलिउड पपस्टार रिहानाका फ्यानका लागि एउटा खुशीको खबर छ । ३३ वर्षीया यी गायिका अहिले अर्बपति बनेकी छन् । फोब्र्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना सबैभन्दा धनी महिला संगीतकर्मी बनेकी हुन् । उनको नेट कमाई १.७ मिलियन डलर छ । फोब्र्सका अनुसार उनको आम्दानीको प्रमुख स्रोत संगीत होइन । उनको फेन्टी ब्यूटी कस्मेटिक्स लाइनमा ५० प्रतिशत हिस्साबाट १.४ बिलियन डलरको आम्दानी भएको छ ।
उनको कमाईको बाँकी हिस्सा रिहानाको सेभेज एक्स फेन्टी लिंगरी कम्पनीको हिस्साबाट आउछ । यसबाहेक उनको कमाईको हिस्सा गायन र अभिनयबाट आएको हो ।
रिहानाले आफ्नो करियरको सुरुवात १७ वर्षको उमेरमा गरेकी थिइन् । उनको पहिलो म्यूजिक एलबम ‘म्यूजिक अफ द सन’ र ‘अ गर्ल लाइक मीले संगीत क्षेत्रमा एउटा रेकर्ड नै बनाएको थियो ।