५ सहमहामन्त्रीको मतगणना केहिबेरमा सुरु हुँदै

होमल्याण्ड खबर

२०७८ पुष २ गते, शुक्रबार ११:०१ मा प्रकाशित

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज पनि सहमहामन्त्री पदको मतगणना गरिँदै छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले मतपेटिका खोलिँदै छ । अब केही बेरमै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गर्न लागिएको छ। मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना हुन लागेको हो । नौ ठाउँमा मतगणना हुने छ ।

खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादव तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिष्पर्धामा छन ।

यसअघि, बिहीबार महिला, आदिवासी जनजाति र दलिततर्फको सहमहामन्त्रीको मतगणनापश्चात् नतिजा सार्वजनिक भइसकेको छ । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन ।