कांग्रेस सहमहामन्त्री अपडेट: खसआर्यतर्फ राठौरको अग्रता

होमल्याण्ड खबर

२०७८ पुष २ गते, शुक्रबार १४:४४ मा प्रकाशित

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । कांग्रेस सहमहामन्त्रीमा खसआर्यतर्फ राठौरको अग्रता रहेको छ । राठौरलाई देवराज चालिसेले पच्छ्याउँदै छन् । खस आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ ।

मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्डले राठौरको सम्भावना बलियो देखिएको छ ।

खसआर्य समूहमा राठौर, चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् । थारु क्लष्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन् । पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।