पछिल्लो २४ घन्टामा थप १८१ जनामा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ पुष ४ गते, आईतवार १६:४९ मा प्रकाशित

नेपालमा थप १८१ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरिक ९८७२ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट १३३ र एन्टिजेनबाट ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २८९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ५२७१ जना सक्रिय स्क्रमित रहेको मन्त्रालयले जनाएको छ।