३० फाल्गुन २०८२, शनिबार
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारुढ दलहरुबीच सहमति पछि मात्रै संसदमा लगिने भएको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको सर्वदलीय बैठकमा सत्ता गठबन्धनबीच समझदारी बनेपछि मात्र एमसीसी संसदमा टेबुल गरिने सहमति भएको बैठकमा सहभागी जानकारी दिएका छन।


यसअघि आजै बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेश गर्ने समझदारी गरेको थियो। सोही समझदारी सर्वदलीय बैठकबाट अनुमोदन भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टसहित सहभागी थिए।