३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट पार्टी प्रवक्ताको जिम्मेवारीमा नरहने बताएका छन् । महामन्त्री शर्माले पत्रकारहरुसँग कुरा गर्दै आफू आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका हुन् ।
जिम्मेवारीमा अर्को प्रवक्ता आउने र तीनको भूमिकालाई बढावा दिनुपर्ने उनको भनाइ छ ।


नेपाली सम्मपन्न कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा शर्मा निर्वाचित भएका हुन् । त्यससँगै उनले प्रवक्ताको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।