७ बैशाख २०८२, आईतवार
हसिलो त्यो तिम्रो मुहार जुन झै चम्किरहोस्।।
फुल बनि सबै तिर सुवास छरि रहोस्।।
सबैको ॲाखाको हौ तिमी नानी।
सबैलाई मन पर्ने तिम्रो असल बानी।।
त्यो घरको जुन तिमी त्यो घरको फुल।
जान अन्जानमा कहिले नगर त्यस्तो भुल।।
भगवानको आशिर सधै तिम्रो शिर माथि।
प्रिय मेरो भाइ तिमी सबको असल साथी।
भगवानको आशिस सघै तिम्रो शिर माथि।
जन्मौ जन्म एउटै कोखको बन्न पाउ साथी।।