कांग्रेस अधिवेशनको अन्तिम नतिजा आज आउँदै

होमल्याण्ड खबर

२०७८ पुष ७ गते, बुधबार ११:०१ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ ।

अहिलेसम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो परिणामले देउवा प्यानलबाट दुई तिहाइभन्दा बढी उम्मेदवारहरुको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चश्व देखिएको छ ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । महाधिवेशनको उद्घाटन २४ मंसिरमा भएको थियो ।