बागमती प्रदेश सभा बैठकमा एमालेको अवरोध

होमल्याण्ड खबर

२०७८ पुष ७ गते, बुधबार १६:२४ मा प्रकाशित

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको साथै अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेको भन्दै सरकारको विरोध गरेका थिए ।