३० फाल्गुन २०८२, शनिबार
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न माओवादीले शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको हो ।
पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने तयारी गरेका छन् । उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम आज (बिहीबार) सकेका छन्। सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बताइएको छ ।


बैठकमा सम्मेलनका विविध पक्षबारे छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।