३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको आज विहान सम्पन्न मतगणनाअनुसार कृष्ण यादव ९९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।
कृष्ण यादवलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको समर्थन रहेको थियो भने रामसरोज पक्षलाई शेखर कोइराला र विमलेन्द्र निधि पक्षको समर्थन थियो । अन्य पदाधिकारीको मतगणना आज विहानबाट सुरु हुने बताइएको छ ।


प्रदेश २ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । जसमा ३० मत बदर भएको थियो ।
प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो ।