आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्थाः अध्यक्ष लिंग्देन

होमल्याण्ड खबर

२०७८ पुष ९ गते, शुक्रबार ११:३९ मा प्रकाशित

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन् । रिपोटर्श क्लव दाङले विहिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्ने छौं, तर हाम्रो आन्दोलन शान्तिपुर्ण र अहिंसात्मक हुने छ’, रिपोटर्श क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले भने । यसकालागी नेपाली जनता आतुर रहेको पनि उनको अभिव्यक्ति थियो ।

त्यसैगरी, कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा उनले कुनै प्रतिक्रिया दिएनन् । ‘कांग्रेस महाधिवेशनमा मैले बोलेका कुराहरुको प्रतिक्रियाका विषयमा मैले प्रतिवाद गर्न चाहन्न, त्यो त जनताले स्वयम प्रतिवाद गरीसकेका छन्’, साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लिंग्देनले भने । त्यसै गरी अहिले चर्चामा रहेको एमसिसिका विषयमा पनि राप्रपाले चांडै आफ्नो आधिकारीक धारणा बनाउने उनले स्पष्ट पारे ।

‘एमसिसि पहिले संसदमा टेवुल होस, यसका विषयमा व्यापक छलफल होस, त्यसपछि मात्रै आवश्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उनले भने । मुलुकमा धेरै महत्वाकांक्षि विकाश निर्माणका योजनाहरुले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्वको परीयोजनामा यतिधेरै टिकाटिप्पणि पनि आवस्यक नभएको उनले बताए । ‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधिनता, र राष्ट्रिय अखण्डतामा आच आउनुहुँदैन भन्ने हाम्रो मान्यता हो’ उनले भने ।

कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।