३० फाल्गुन २०८२, शनिबार
नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ ।
शुक्रबार त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो । कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए ।


अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए ।