९ मंसिर २०८१, आईतवार
कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण काभ्रेको पनौति नगरपालिका-७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित गरिएको छ ।
आज जिल्ला कोभिड व्यवस्थापन समिति(डीसीएमसी) को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक स्थलमा हुने भेला तथा महोत्सव नगर्नका लागि मेला आयोजक समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।