प्रपोज गर्नेबेला बिर्सेर पनि नगर्नुहोस् यस्ता गल्ती

होमल्याण्ड खबर

२०७८ माघ २५ गते, मंगलवार १४:४८ मा प्रकाशित

आज भ्यालेनटाइनको दोस्रो दिन हो र यो दिनलाई प्रपोज डेको रुपमा मनाइन्छ । आजको दिन युवा युवती आफ्नो मनको कुरा भन्ने गर्छन् । आफूलाई मनपरेको व्यक्तिका लागि आफ्ना भावना र प्रेमलाई मन खोलेर व्यक्त गर्नका लागि यसलाई राम्रो दिन मानिन्छ ।

यदि तपाईंले मन पराउने व्यक्तिले पनि तपाईंलाई मन पराउँछ भने निश्चित रुपमा तपाईंको प्रपोज ९प्रस्ताव० स्वीकार हुन्छ । तर प्रेम व्यक्त गर्नेबेला केही कुरा ध्यानमा पनि राख्नुपर्छ नभए प्रस्ताव अस्वीकार हुन पनि सक्छ । यदि तपाईं पनि आजको दिनमा कोही विशेषलाई प्रपोज गर्न चाहनुहुन्छ भने यस्ता गल्ती गर्नबाट बच्नुहोस् ताकि तपाईंको प्रपोजल रिजेक्ट नहोस् ।

हतार नगर्नुहोस्ः

पुरुष धेरैजसो प्रस्ताव राख्न हतार गर्छन्, यस्तो गर्दा कुरा बिग्रन सक्छ । तपाईंहरु केही दिन अघि मात्रै भेट्नुभएको छ र एक–अर्कालाई राम्रोसँग नचिनिकन तपाईंले प्रपोज गरिदिनुहुन्छ भने तपाईंको प्रस्ताव अस्वीकार हुनसक्छ । यसका लागि एक–अर्कालाई राम्रोसँग चिन्नुहोस्, साथी बन्नुहोस् र त्यसपछि मात्रै आफ्नो मनको कुरा भन्नुहोस् । एजेन्सी