९ मंसिर २०८१, आईतवार
नाबालिका बलात्कार आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाइ भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् ।
प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे थियाे । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट भएकाे भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।