केजिएफ-२ ले कमायो पहिलो दिनमै १४० करोड भारु

होमल्याण्ड खबर

२०७९ बैशाख २ गते, शुक्रबार १५:०९ मा प्रकाशित

बिहीबारदेखि प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ले पहिलो दिनमै १४० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । चलचित्रले विश्वव्यापी प्रदर्शनबाट पहिलो दिनमै १४० करोड‍ भारु आम्दानी गरेको हो ।

‘केजिएफ २’ ‘केजिएफ’को सिक्वेल चलचित्र हो । ‘केजिएफ’ सन् २०१८ मा रिलिज भएको थियो ।

चलचित्रमा यश, सञ्जय दत्त, रविना टण्डन, प्रकाश राजलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्देशक प्रशान्त नील हुन् ।

चलचित्र विश्वव्यापी रूपमा १० हजारभन्दा धेरै स्क्रिनमा प्रदर्शन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।