निर्वाचन आयोग: देशभरका उम्मेदवारको नामावली वेवसाइटमा प्रकाशन गर्दै

होमल्याण्ड खबर

२०७९ बैशाख २० गते, मंगलवार १५:२६ मा प्रकाशित

 निर्वाचन आयोगले देशभरका उम्मेदवारको अन्तिम नामावली वेवसाइटमा प्रकाशनको तयारी गरिरहेको छ ।

आयोगले आजै अन्तिम नामावली वेवसाइटमा प्रकाशन गर्ने तयारी गरेको हो । देशका सबैजसो प्रदेशका नामावली अपलोड भइसकेपनि कर्णाली प्रदेशमा कठिनाई भएकाले ढिलाई भएको आयोगले जानकारी दिएको छ ।