२ चैत्र २०८२, सोमबार
निर्वाचन आयोगले बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगको भनाइ छ।


अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले उल्लेख गरेको छ। आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको सूची सार्वजनिक भएको हो।
‘केहि स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रबिस्ट हुन बाँकि भइ विवरणमा केही थपघट हुन सक्नेछ,’ आयोगले भनेको छ।