बुटवलकाे मिलनचाेकमा बम बिस्फोट

होमल्याण्ड खबर

२०७९ बैशाख २८ गते, बुधबार २१:४१ मा प्रकाशित

बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै हालै गठन भएको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ।  नेकपा बहुमत विप्लव नेतृत्को नेकपाबाट विभाजित भएर बनेको दल हो।

विस्फोटबाट क्षति नभएको प्रहरीले जनाएको छ। विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। विस्फोट भएको क्षेत्रमा सुरक्षा व्यवस्था  कडा पारिएको छ।