पौने १२ बजेसम्म खस्यो करिब ३० प्रतिशत मत

होमल्याण्ड खबर

२०७९ बैशाख ३० गते, शुक्रबार १२:०२ मा प्रकाशित

शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११।४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लापूर्वक मत खसिरहेको छ ।

उनका अनुसार केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए ।