गोरखा नगरपालिकामा काँग्रेसको प्यानलै निर्वाचित

होमल्याण्ड खबर

२०७९ बैशाख ३१ गते, शनिबार ०८:३७ मा प्रकाशित

गोरखा नगरपालिकामा नेपाली काँग्रेसको विजय सुरुवात भएको छ । हिजो राती ११ बजेबाट सुरु भएको गोरखा नगरपालिका १ को मतगणना शनिबार बिहान ७ बजे सकिएको हाे ।

जसमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १ काे वडाध्यक्षमा हिक्मत बहादुर कुवँर, वडासदस्यहरुमा ठाकुर प्रसाद भट्ट, टाेप बहादुर भट्ट, कमला भट्ट र सृजना नेपाली विजयी भएका हुन्।

अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष कुवँरले ४९२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्प्रधी नेकपा माओवादीका गाेविन्द प्रसाद भट्टराईले ४०३ मत ल्याएका छन् ।