भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

होमल्याण्ड खबर

२०७९ जेष्ठ २ गते, सोमबार ११:०८ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनीमा आइपुगेका छन् । उनी बुद्व जन्मस्थल लुम्बिनी भ्रमणमा आज बुद्व जयन्तीको अवसर पारेर आएका हुन् ।

बुद्व जन्मस्थल लुम्बिनीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा अगाडि नै लुम्बिनी पुगिसकेका छन् ।

यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

दुबै मुलुकका प्रधानमन्त्री सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।