२ चैत्र २०८२, सोमबार
मंगलबार प्रतिनिधि सभाको बैंठक बस्दैं छ । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैंठक बस्दैं छ । त्यसपछि अपराह्न ४ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको बैंठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।


साथै अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९र८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।