एमालेले आज पनि संसद् अवरोध गर्ने

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३ गते, मंगलवार १३:३२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध जारी राख्ने भएको छ । १० औ अधिवेसनको सुवातदेखिनै संसदमा अवरोध सुरुगरेको एमालेले ११ औँ अधिवेसनको पहिलो दिन आजपनि संसदमा अवरोध गर्ने भएको छ ।

एमालेका प्रमुख सचेतव विशाल भट्टराइले आफुहरुको माग पुरा नभएसम्म संसद अवरोध जारी रहने बताए । नेपालमञ्सँग कुरा गर्दै उनले भने ‘हामीले उठाएका माग अहिलेसम्म सम्बोधन भएको छैन त्यसैले आजको वैठकमापनि अवरोध जारी रहन्छ ।’

गत भदौ २३ गतेयता संघीय संसद्का दुवै सदन एमालेको अवरोधका कारण ठप्प छन् । संसद् अवरोधकै बीच सरकारले एमसीसी सम्झौता भने पारित गरेको छ । १४ जना सांसदलाई पदमुक्त गरेको निर्णय गर्नुपर्ने वा सभामुखबाट सापकोटाले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

यी माग पूरा नभएसम्म संसद्को अवरोध कायमै राख्ने एमालेको घोषणा छ । तर निरन्तर संसद् अवरोध गर्दै आएको एमाले भित्रै पनि अब कतिन्जेल यो अवरोध जारी राख्ने भन्ने आन्तरिक प्रश्न उठ्न थालेका छन् । प्रतिनिधि सभाको ११ औँ अधिवेशन आज दिउँसो ४ बजे सुरु हुँदै छ ।