२ चैत्र २०८२, सोमबार
स्थानीय तहको निर्वाचनअन्तर्गत कांग्रेसले अहिलेसम्म २०० भन्दा बढी पालिका जितेर पहिलो स्थानमा रहेको छ । हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ ।
जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ समेत उपाध्यक्ष जितेको छ । नेकपा ९एमाले०ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ ।


नेकपा ९माओवादी केन्द्र० ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ ।
नेकपा ९एकीकृत समाजवादी० ले दुई नगर पालिकामा जित हासिल गरेको छ । आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।