कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३१ गते, मंगलवार १३:४६ मा प्रकाशित

नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।