‘टपगन माभेरिक’ बन्यो १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म

होमल्याण्ड खबर

२०७९ असार १३ गते, सोमबार ११:३२ मा प्रकाशित

टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ यसवर्ष सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । साथै, अभिनेता क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि ।

यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाउने सफल भएको हो । उत्तर अमेरिकी बक्सअफिसमा ५२१.७ मिलियन डलर र बिदेशी बजारमा ४८४.७ मिलियन डलरसहित कूल १.००६ बिलियन डलर कमाइ गरेको भेराइटी म्यागजिनले जनाएको छ ।

३६ वर्षपछि निर्माण भएको यो फिल्मले क्रुजको कारण मात्र हैन, विगत कमाएको राम्रो समीक्षाको कारण पनि चर्चा बटुलेको थियो । प्यारामाउन्ट स्टुडियोको बृहत वितरण र बजारीकरणलाई पनि पछि छाड्दै स्वयम अभिनेता क्रुजकै कारण फिल्मले चर्चा पायो ।