८ मंसिर २०८१, शनिबार
कर्म भूमीमा यी पाइला टेक्दा खुसीले दंग हुन्छु ।
हर्स उल्लास मनमा छाउदा लाग्छ आकाश छुन्छु ॥
कर्म भूमीमा पाइला टेक्दा।।
बिर्सन्छु ति पिडाहरू मिठो बोली पर्दा ।
संसार बिर्सिएको आभाष हुन्छ ति कोपिलाले गर्दा ॥
बिर्सन्छु ति पिडाहरू।।
मेरी प्यारी गुरूमाआमा भन्दै अंगालोमा बेर्दा।
छिनछिनको भेटमा पनि वरिपरि आइ घेर्दा॥
मेरी प्यारी गुरूआमा भन्दै।।
तिनले दिएका ति उपहार लाग्छ हिरा मोती सरी ।
आउने ति मिठा मुस्कानहरू यादमा घरी घरी।।
तिनले दिएका ति उपहारहर।।
संसारको भाग्यमानी त्यति बेला लाग्छ।
गाली गर्दै करायो फेरी छिनमै माया जाग्छ॥
संसारको भाग्यमानी।।