८ मंसिर २०८१, शनिबार
प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ भाद्र १० गतेबाट नेपालसहित आठ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। बिनिस इन्टटेनमेन्टले नेपालसहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ फिल्म प्रदर्शन गर्न लागेको हो।
उल्लेखित देशहरूमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको हो। साथै अन्य केही देशहरूबाट पनि माग भइरहेको निर्माता महेन्द्र अधिकारीले बताए। दिनेश राउतको निर्देशन गरेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ। फिल्ममा शिक्षक बन्न एक युवाको संघर्षको कथा देखाइएको छ। फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन्। राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन्। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।