आमा तिमी महान छौं……..

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार ११:४९ मा प्रकाशित

हामीलाई जन्म दिने हुर्काउने आमा ।
सक्दिन उनको भारा तिरेर जिवनमा ॥
आमाले हामीलाई चोखो माया गर्छिन ।
कहिले आउछे स्कुलबाट भन्दै सधै बाटो कुर्छिन॥

हाम्रो उन्नति र प्रगतिमा सदैव खुसी हुन्छिन्।
गलत काम गर्दा सजय पनि दिन्छिन् ॥
सन्तानलाई अमुल्य सदैव उनको काख।
सुख र दुःखमा पाउ उनकै साथ ॥

आमाको जीवनमा सधै नै छ महत्व ।
आमा विना हुँदैन जगतको अस्तित्व ॥
आमाको बोलीमा सधै ज्ञानका कुरा ।
आमा तिमी विना छैन जीवन पुरा॥

हामी सँग उनी छिन आमा बनेर ।
भगवान जताततै पुन नसक्ने भएर ॥
आमा बिना हामी हॅुंदैनथ्यौ यो संसारमा ।
संसारको अमुल्य उनी हुन जिवनमा॥

रिवाश्री श्रेष्ठ
कक्षा-५
युरो स्कुल हात्तीगौंडा