लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु

होमल्याण्ड खबर

२०७९ भाद्र २२ गते, बुधबार १०:१७ मा प्रकाशित

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।