नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

होमल्याण्ड खबर

२०७९ कार्तिक २५ गते, शुक्रबार १४:५१ मा प्रकाशित

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।