दार्चुलामा एक युवकको शव फेला

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १३:११ मा प्रकाशित

दार्चुलामा एक युवकको शव फेला परेको छ । व्यास गाउँपालिका-४ डोकट बस्ने ३५ वर्षीय नरसिंह विष्ट मृत भेटिएका हुन् । उनको शव दार्चुलाको व्यास गाउँपालिका-४ घोलचौर भन्ने ठाउँमा खोलामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही‍ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।