३१ श्रावण २०८३, आईतवार
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा आफूलाई खाना खानसमेत समस्या भएको गुनासो गर्नुभएको छ।
‘ग्यास छैन, भात खाइएन, मेरो पाप लाग्छ तिमीलाई’ भन्दै साम्पाङले आफ्नो असन्तुष्टि पोख्नुभएको छ। उहाँले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘ग्यास दिने कि राजीनामा, प्रिय बालेन ?’ भनेर प्रश्न गर्नुभएको छ।


साम्पाङले ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्दै ‘ग्यास छैन, भात खाइएन’ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।