२९ श्रावण २०८३, शुक्रबार
नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले निवर्तमान सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगनकुमार थापालाई फ्लिम हेराइदिन आग्रह गरेका छन् ।
इतर पक्षको राष्ट्रिय भेलाको उद्धाटनको क्रममा संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवासँगको प्रसङ्ग सम्झिएका थिए ।


“शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइराला भन्नुहुन्थ्यो । देउवा पहिलो पटक बनारस आउँदा बीपीले शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभएको थियो । के गर्ने भनेर मैले ३ वटा सिनेमा एकैदिनमा हेर्न लगेको थिएँ । बीपीले सिनेमा नहेर्न भन्नुहुन्थ्यो तर पनि सिनेमा हेरियो भनेर मैले बीपीलाई भनेपछि उहाँले कसले निर्देशन गरेको चलचित्र हो, यसको सन्देश के होजस्ता प्रश्न गर्दा शेरबहादुरजीले हुबहु भनिदिनुभएको थियो,” उनले भनेका थिए ।
शशांकले सुनाएको यो स्मरण ऐतिहासिक रहेको भन्दै कान्छारामले देउवालाई फ्लिम देखाइदिन आग्रह गरेका हुन् ।
“आज सशांक कोइरालाले ऐतिहासिक कुराहरु भन्दिनुभयो, उहाँको बुवा (बीपी) ले फ्लिम हेराइदिने कुरा गर्नुभयो, अब शेरबहादुर दाईले अरुलाई फ्लिम नहेराएपनि गगन थापालाई राम्रो हलमा लगेर फ्लिम हेराइदिनुहोला भन्ने आग्रह गर्दछु,” तामाङले भने ।
चुनदेवी कार्यालयमा देउवाको नेमप्लेट र कार्यालय आफैँले राखिदिएको उनले बताए ।