२ मंसिर २०८१, आईतवार
इलाम–२ मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता ५ हजार नाघेको छ ।
अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरे। नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गरेका छन् ।
अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए ।