८ मंसिर २०८१, शनिबार
आईपीएल क्रिकेटको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खानलाई अहमदावादको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि उनी सोही अस्पतालमा उपचार गराइरहेका छन् ।
गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजो नै शाहरुख अस्पतालबाट डिस्चार्ज भएको चर्चा चलेको थियो । तर अहिले पनि उनी अस्पतालमै उपचाररत छन् । सम्भवतः उनी शुक्रबार बिहानसम्म डिस्चार्ज हुनसक्ने जनाइएको छ ।
यद्यपि, उक्त निजी अस्पतालले शाहरुखको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । शाहरुखलाई बुधबार मल्टिस्पेसालिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको खेलमा सहभागी हुन अहमदाबाद पुगेका थिए ।
उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । अहिले किङ खानकी छोरी सुहाना र श्रीमती गौरी अस्पतालमा छन् ।