८ मंसिर २०८१, शनिबार
नेपाली साहित्यका तिमी गुरु हौ।
संसार छोडी गयौ र नि सबको मनमा छौ।।
आज तिम्रो जन्म उत्सब मनाउदै छौ।
गर्व लाग्छ हामी पनि एक नेपाली हौँ।।
साहित्यमा तिम्रो कृति अनगन्ती छन्।
तिम्रो गुनगान गाउन लाग्छ सधै मन।।
संस्कृतको रामायण उतकृष्ट कृतिभयो।
त्यही कृति नेपालीको मनमन्दिरमा रह्यो।।
साहित्यका गुरु तिमी राष्ट्र कवि तिमी।
भाग्यमानी रहिछन् आमा तिमीलाई जन्म दिनी।।
नेपाली साहित्यका तिमी गुरू हौ।।
संसार छोडी गयौ र नि सबको मनमा छौ।।
ऋतु आचार्य
कक्षा १०
गोरक्ष निखिल ज्योति दिव्य
विद्याश्रम बसुन्धारा काठमाडौं